News

म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै रकम असुल गर्ने पक्राउ

म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै रकम असुल गर्ने पक्राउ

म्यादी प्रहरीमा भर्ना गराई दिने ठेक्का लिएर रकम असुल गर्ने सप्तरीको महादेवा गाउँपालिका–२ का २३ वर्षीय अरबिन्दकुमार मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनले एक दर्जनभन्दा वढि व्यक्तिबाट पैसा असुलेको स्वीकारेका छन् ।

मण्डलले प्रलोभनमा पारेर प्रतिब्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । उनले को मार्फत म्यादिमा भर्ना गराउने सेटिङ मिलाएका थिए भन्ने चाही अहिलेसम्म खुलेको छैन।

म्यादी प्रहरीमा भर्ना गर्न दलालले पैसा माग्न थालेको गुनासोपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। म्यादी प्रहरीमा दरखास्त दिएकालाई नै प्रहरीले प्रयोग गरेर मण्डललाई पक्राउ गरेको हो । उनले आफूजस्ता निवेदकहरूबाट पाएको जानकारी अनुसार फोन सम्पर्क गर्दै रकम असुल गर्ने व्यक्तिसमक्ष पुगे । 

सप्तरीमा कुल ३ हजार १३९ जना म्यादि प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । जसमा पुरुष ८ हजार ७ जना र महिला १ हजार ४१७ जना गरी कुल ९ हजार ४२४ जनाले दरखास्त दिएका छन् । अहिले मतदान केन्द्र कम भएसँगै म्यादी प्रहरीको संख्या घटेर २ हजार ९४८ जना भएको छ,

४ लाख २ हजार ४४५ रहेको सप्तरीमा मतदान स्थल २ सय ९७ र मतदान केन्द्र ५ सय ३६ कायम गरिएको छ। ९ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीको राजविराज नगरपालिकामा सबैभन्दा बढी ३९ हजार ६९२ मतदाता र बलान बिहुल गाउँपालिकामा सबैभन्दा कम १४ हजार ४१८ मतदाता छन्।

निर्वाचन सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरीलाई सहयोग गर्ने हिसाबमा मुलुकभर म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो । म्यादी प्रहरीले प्रहरी जवानको तलब सरह मासिक २२ हजार ६८० रूपैयाँसहित ३० हजार २४० रूपैयाँ पाउनेछन् । खाद्यान्नवापत एकमुष्ठ ७ हजार २ सय रुपियाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपियाँका दरले थप रकम उपलब्ध गराइने छ । निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरूप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपियाँ उपलब्ध गराइने जनाइएको छ । उनीहरूको सेवा अवधि ४० दिन रहेनछ । 

म्यादी प्रहरी

विशेष