News

युक्रेनमा रुसी आक्रमण: अमेरिकाले नेपालबाट दियो यस्तो सन्देश

युक्रेनमा रुसी आक्रमण: अमेरिकाले नेपालबाट दियो यस्तो सन्देश

अमेरिकाले रुस र युक्रेनबीको युद्धमा नेपालबाट शान्तिको सन्देश दिएको छ। विहिवार अमेरिकी राजदूत ¥याण्डी बेरीसहित विभिन्न देशका राजदुतहरुले काठमाडौँको बौद्धमा दीप प्रज्ज्वलन गरी शान्तिको कामना गरेका छन्।

दीप प्रज्ज्वलनका राजदूत बेरी, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड र फिनल्याण्डका राजदूत, अभियान्ताहरु, अमेरिकी दुतावासका कर्मचारी र युवा समेत सहभागि थिए । रुस–युक्रेनबीच युद्ध चलिरहेका बेला शान्तिको कामना गर्द दीप प्रज्ज्वलन गरिएको हो । उनीहरुले बौद्धको परिक्रमा गरेका थिए भने रुसको आक्रमणविरूद्ध युक्रेनी झन्डा फहराएका थिए।

युक्रेनमा रुसको सैन्य आक्रमण आठौं दिन बिहीबार पनि जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १० भन्दा बढी सहर ध्वस्त भइसकेका छन्। धेरै क्षेत्र भग्नावशेष र सुनसान देखिन थालेका छन्।

बम विस्फोटका त्रासले सडक सुनसान छन्। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १० लाखभन्दा बढी मानिसले देश छाडिसकेका छन्। 

विशेष