News विदेश

तालिबान पाकिस्तानको प्रोक्सी भएको पूर्व सांसद्को आरोप

तालिबान पाकिस्तानको प्रोक्सी भएको पूर्व सांसद्को आरोप

 

काबुल । अफगानिस्तानका पूर्व महिला सांसद मरियम सोलेमानखिलले तालिबानीहरु पाकिस्तानो प्रोक्सी भएको आरोप लगाएकी छन्। उनले अफगानिस्तानमा तालिबानहरु स्थापित हुनुमा पाकिस्तान जिम्मेवार भएको बताएकी हुन्। 
उनले तालिबानले अफगानिस्तानको कुनै क्षेत्र अथवा जातीको प्रतिनिधित्व नगर्ने दाबी गर्दै पाकिस्तानको प्रोक्सी भएको बताएकी हुन्। 
विगत स्मरण गर्दै उनले पाकिस्तानी जासुसी एजेन्सी प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद अफगानिस्तानको नयाँ सरकारको नेतृत्व अब्दुल घानी बरादारले नगर्ने कुरा सुनिश्चित गर्न काबुल पुगेका बताइन्।

 

 

कुचीहरूको प्रतिनिधित्व गर्दै अफगानिस्तानको संसद सदस्य बनेकी मरियम सोलेमानखिलले ट्वीट गरेकी छन्, 'मैले सुनेको कुराबाट आईएसआईका डीजी काबुलमा बरादरले यो सरकारको नेतृत्व गर्दैनन् र हक्कानीले गर्छन् भन्ने कुरा सुनिश्चित गर्न काबुल आएका छन्।'

उनले तालिवान गुट र तालिवानका सह-संस्थापक मुल्ला बरादरबीच धेरै असहमति रहेको पनि जानकारी दिएकी थिइन्।
 'तालिबान गुटहरू बीच धेरै असहमतिहरू छन् र बरादरले आफ्ना सबै मानिसहरूलाई पञ्जशीरमा आक्रमण गर्न छोडेका छन्। #SanctionPakistan #FreeAfghanistan,' सोलेमानखिलले ट्वीट गरे। 

यसअघि, अफगानिस्तानको आगामी सरकारको नेतृत्व मुल्लाह बरादरले गर्ने रिपोर्टहरू आएका थिए। 
पञ्जसिर उपत्यकामा चर्को लडाइँ चलिरहेको र तालिबानले नयाँ सरकार गठनको घोषणा गर्ने तयारी गरिरहेको बेला पनि हमिद पाकिस्तानी अधिकारीहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काबुल पुगेका थिए।
 
पाकिस्तानी पत्रकार हम्जा अजहर सलामले तालिवानको निमन्त्रणामा हमिदले दुई देशको भविष्यबारे छलफल गर्न अफगानिस्तानको भ्रमण गरेको बताएका थिए।

विशेष