News राजनीति

नारायणकाजी–प्रचण्ड भेटः कहिले धम्की, कहिले लोलोपोतो !

नारायणकाजी–प्रचण्ड भेटः कहिले धम्की, कहिले लोलोपोतो !

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको शैली प्रति असन्तुष्टि जनाउँदै पार्टी छोड्ने सोच वनाएका छन्। तर, यही विचमा विहिवार उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरे।

प्रचण्ड निवास खुमलटारमा भएको छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षमा नपुगेको श्रोतको भनाई छ। 

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् । तर, प्रचण्डले उनलाई चित्त वुझाउने भन्दा पनि पार्टी छोडेर गए हुन्छ भन्ने आशयमा कुरा गरेपछि उनको मन कुँडिएको छ।

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिए। त्यसपछि दुई नेताबीच दुरी बढेको छ । तथापी अआज बिहानको छलफलमा भने प्रचण्डले श्रेष्ठलाई पार्टीबाट अलग नहुन आग्रह गरेका थिए ।

श्रेष्ठले भने ‘मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ’ भन्दै जवाफ दिएको उनी निकट एक नेताले वताए । यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन (अनन्त)ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

विशेष