News

बझाङका सिंह दरबारमा भस्ट्राचार, पहिलो स्थानमा बुङ्गल नगरपालिका दोस्रोमा छविसपाथिभेरा 

बझाङका सिंह दरबारमा भस्ट्राचार, पहिलो स्थानमा बुङ्गल नगरपालिका दोस्रोमा छविसपाथिभेरा 

स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा निर्वाचन आयोगले आगामी वर्ष चुनावको तयारी गर्दैछ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ ।


गत चुनावमा ‘गाउँगाउँमा सिंहदरबार’ नारा खुबै चल्यो । तर गाउँगाउँका सिंहदरबारको पारा देख्दा जनतामा निराशा छाएको छ ।


बझाङमा आर्थिक अनियमितता गर्नेमा सबैभन्दा बढी स्थानीय तह रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार बझाङको विवरण हेर्दा सबैभन्दा बढी स्थानीय तहले अनियमितता गरेको उजुरी परेको छ ।

 

आइतबार जिल्ला सदरमुकाम चैनपुरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्तक्र्रियाको क्रममा चालु आर्थिक वर्षमा मात्र बझाङमा ११९ वटा उजुरी परेकाछन् । ११९ वटा उजुरीमध्य स्थानीय तह विरुद्ध ५४ वटा उजुरी परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा बझाङबाट सबैभन्दा बढी २२ वटा उजुरी बुङ्गल नगरपालिका विरुद्ध परेकाछन् । ६ वटा उजुरीसहित छविसपाथिभेरा गाउँपालिका दोस्रो स्थानमा परेको छ । 


सुर्मा, केदारस्युँ, दुर्गाथली गाँउपालिका र जयपृथ्वी नगरपालिकाका ४–४ वटा, साइपाल र खप्तडछान्ना गाँउपालिकाका ३–३ वटा, तल्कोट गाँउपालिकामा २ वटा, मष्टा र थलारा गाँउपालिकाका १–१ वटा आर्थिक अनियमितताका उजुरी परेका छन् । 

अख्तियारमा स्थानीय तह अथवा गाउँका सिहं दरबार विरुद्ध उजुरीको संख्या बढेपछि जनप्रतिनिधि भने आफ्नो वचावटमा लागेकाछन् । व्यक्तिगत रिसिविकारण कतिपयले अख्तियारमा उजुरी गर्ने गरेको आरोप लगाउँदै जनप्रतिनिधिहरु आफ्नो वचावटमा उत्रिएकाछन् । स्थानीय तहको काम राम्रो भए पनि व्यक्तिगत रिसिवीका कारण अख्तियारमा उजुरी हाल्ने गरेको हुँदा आयोगले यसमा स्थलगत अनुगमन गरी छानविन गर्नुपर्ने सहभागी जनप्रतिनिधिहरुको जोड थियो । 


जनप्रतिनिधिसँग रिसिवीका कारण बेनामे उजुरी दिई जनप्रतिनिधिको बदनाम गर्न खोजिएको छविसपाथीभेरा गाउँपलिका अध्यक्ष अक्कल बहादुर धामीले बताउँछन् ।


अध्यक्ष धामीले रिसिवीका कारण जनप्रतिनिधिको बदनाम गर्न खोजिएको भनेर वचावट गर्न खोजेपनि उनले गाउँपालिकालाइ कुनैपनि तवरबाट नेतृत्व गर्न नसकेको आरोप स्थानीय नेता तथा बुद्धिजिवीहरुको छ । 

छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा धामी निर्वाचित भएपछि उनको कार्यकालमा डनवाद र धनवाद भित्रिएको स्थानीय नेता पाण्डव थापाले केहीदिन अघि नेपाल आजसँग बताएका थिए । थापाका अनुसार अध्यक्ष धामीले गाउँपालिकालाई नेतृत्व गर्न सकेका छैनन् । ‘तपाईको मुल्यांकनमा त्यसोभए अक्कल धामी असफल गाउँपालिका अध्यक्ष हुन्?’ भन्ने प्रश्नमा थापाको जवाफ छ, ‘अक्कल धामी असफल मात्र होइन, असामाजिक र असान्दर्भिक अध्यक्ष बनेको देख्छु म उहाँलाई । गाउँपालिका अध्यक्षको पदभन्दा बाहिर गैइसकेपछि उहाँसँग मेरो लिनुदिनु केही छैन । पारिवारिक सम्बन्ध होला आफ्नो ठाउँमा छ । गाउँपालिका अध्यक्षमा रहेसम्म उहाँ असक्षम हो । जनताको मतलाई लात हान्ने अधिकार कसैलाई छैन । अक्कल धामी कोहो भन्ने म चिन्दैन तर त्यो पद असक्षम भएको छ ।’

प्रदेशबाट आएका योजनाहरुका बारेमा स्थानीय सरकारलाई कुनै पनि जिम्मेवारी नभएको र सिफारिससमेत दिनुनपर्ने भएकाले कतिपय योजनाहरु प्रदेशबाट ल्याएर प्रदेशमै भुक्तानी लिने तर, उजुरी स्थानीय तहका नाममा आउने गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधिको भनाइ थियो ।


भौतिक संरचना निर्माण गर्दा प्राविधिकसँग मिलेमतो गरी कम गुणस्तरका संरचना बनाएर गैरकानुनी रूपमा कमाउनु र शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर कुरुवाङले बताए । उनका अनुसार कार्यालयमा पर्ने उजुरीका प्रकृति हेर्दा स्थानीय तहमा बजेट निर्माण, विनियोजन र कार्यान्वयन, उपभोक्ता समिति गठन, सार्वजनिक खरिद र निर्माण, कर्मचारी नियुक्ति, राजस्व रकम हिनामिना र विषययगत कार्यालयको सेवा प्रभावसम्बन्धी उजुरी आउने गरेका छन । 

अक्कल धामी भ्रस्टाचार बुङ्गलनगरपालिका

विशेष