News विदेश

९ जना कोरोना संक्रमित चार्टर विमानमा काठमाण्डौंबाट चीन पुगेपछि...

९ जना कोरोना संक्रमित चार्टर विमानमा काठमाण्डौंबाट चीन पुगेपछि...

कोरोना संक्रमण विरुद्ध कडा सुरक्षा मापदण्ड लागु गरेको चीनले अपत्यारिलो ढंगले संक्रमणको जोखिमलाई कम गरेको छ। संक्रमणको जोखिम वढ्नासाथ चीन सरकारले कडा लकडाउन लगाउने देखि अन्य विभिन्न सुरक्षाका मापदण्डलाई लागु गर्दै आएको छ।

यति मात्रै होईन, केही समय अघि आफनो देशमा उत्पादन भएको कोरोना विरुद्धको खोप लगाएकालाई मात्रै चीनमा प्रवेश अनुमति दिने घोषणा गरेको थियो । तर, यति कडाई गर्दा गर्दै पनि गत सोमवार काठमाण्डौंबाट चीनको वुहान पुगेका ९ जनामा कोरोना संक्रमण देखिएको छ। 

काठमाडौंबाट चार्टर उडानमा चीनको वुहान गएका यात्रुमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विमानस्थल स्रोतका अनुसार नेपालस्थित चिनियाँ लगानीको हुवा सिन सिमेण्ट कारखानामा कार्यरत चिनियाँ कर्मचारी र कामदार लिएर गएका दुई वटा चार्टर विमानमा तीन सय यात्रु थिए। 

तीमध्ये ९ जनालाई त्यहाँ पुगेपछि संक्रमण पुष्टि भएको हो । त्यो जहाज दुई वर्षअघि पहिलो पटक कोरोना भाइरस फेला परेको शहर वुहान विमानस्थलमा अवतरण भएको थियो ।

बुधवारसम्म त्यहाँ २८ जना स्थानीय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पाँच जनामा सामान्य र २३ जनामा हल्का लक्षण देखिएको छ । हालसम्म वुहानमा ६८ हजार तीन सय ६७ जना संक्रमित फेला परेका छन् ।

तीमध्ये विभिन्न रोग लागेका ४५ सय १२ जनाको निधन भएको छ । ६३ हजार आठ सय आठ जना निको भएका छन् । पछिल्ला दिन कन्ट्याक्ट ट्रेसिङमा परेका ४५ सय जना आइसोलेसनमा छन् ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोनाभाइरसका बिरामी देखिन थालेपछि चीनले कडा स्वास्थ्य मापदण्ड लागू गरेको थियो । जसकारण अन्य देशको तुलनामा चीनमा कोरोना संक्रमणको असर कम देखिएको थियो । 
 

विशेष