News

प्रचण्डभन्दा शक्तिशाली बन्ने विप्लवको तयारी, यस्तो छ योजना

प्रचण्डभन्दा शक्तिशाली बन्ने विप्लवको तयारी, यस्तो छ योजना

१५ फागुन ०७८ मा संसदले मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान गरेपछि त्यसबाट रुष्ट भएकाहरु एकिकृत हुन थालेका छन् । एमसीसी पारित भएसँगै विभिन्न दलमा असन्तुष्ट भएकाहरुलाई एकिकृत गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सक्रिय भएर लागेका छन् ।

उनले वामपन्थी नेताहरुसँग भेटघाट बाक्लो वनाएका छन् । विप्लवको खास उद्देश्य वामनेताहरु एउटै थलोमा जम्मा गर्ने र राष्ट्रवादीहरूको मोर्चा निर्माण गरेर शक्तिशाली बनाउने हो । त्यसमा पनि एमसीसी बिरोधीहरुलाई गोलवन्द गरेर अघि वढ्ने विप्लव देखिएका छन् ।

विप्लवले असन्तुष्टहरुलाई भेला गरेर सकेसम्म एउटै पार्टी बनाउने नभए सहकार्यको मोर्चा बनाउने तयारी गरेको वताईन्छ। बुधवार उनले एकै दिन माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठदेखि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसम्मलाई भेटे। 

अहिलेको भेट भने फागुन २० गते  काठमाडौंमा हुने विप्लवको पार्टीले आयोजना गर्ने एमसीसी विरोधी सभामा निम्ता गर्नका लागि पनि हो । सहकार्यका लागि छलफल गर्नेदेखि सभामा सम्बोधन गर्नका लागि पनि उनीहरुलाई निम्ता गर्न विप्लव आफै पुगेर अनुरोध गरेको उनीनिकट नेताहरुले बताएका छन् ।

विरोध सभामा विप्लवले एमसीसीको विरोध गर्ने अन्य पार्टीका नेताहरुलाई सम्बोधनका लागि बोलाएका छन् । एमालेका नेता भीम रावल, एकीकृत समाजवादीका झलना खनाल, नारायणकाज श्रेष्ठ, नारायणमान विजुक्छेदेखि मोहन बैद्यसम्मलाई निमन्त्रणा गरिएको छ।

यसैगरी, आहुती, ऋषि कट्टेललाई पनि निम्ता गरेका छन् । माओवादी केन्द्रका नेता श्रेष्ठ र प्रचण्डबी पछिल्लो समय तिव्र ध्रुविकरण भएको छ। अध्यक्ष प्रचण्डले श्रेष्ठलाई पार्टी छोडेर गएपनि नरोक्ने जवाफ दिएपछि उनी पार्टीबाट अलग हुने सोचमा छन् । तथापी विहिवार भएको भेटमा प्रचण्डले उनलाई पार्टी नछोड्न आग्रह गरेका छन् ।

यही क्रममा श्रेष्ठलाई समेतलाई लिएर नयाँ पार्टी बनाउने बारेमा विप्लवले छलफल अगाडि वढाएका छन् । यसैगरी, नेकपा एमालेका नेता भिम रावल पार्टीभित्रै एक्लैं संघर्ष गरिरहेका छन्। एमसीसी अनुमोदनका क्रममा नेकपा एमालेले संसद अवरोध गरेपनि उनले आफनो धारणा राखेका थिए। उनले आफुलाई आधिघण्टा समय उपलब्ध गराए एमसीसी सम्झौता राष्ट्रघाती हो भन्ने पुष्टि गर्ने चुनौती दिएका थिए।

यस्तै नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि एमसीसी प्रकरणमा असन्तुष्ट छन्। उनले एमसीसी सम्झौताले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्ने भएकाले आफूहरुले नमान्ने बताएका छन् । 

सदनमा प्रक्रियामा नै नलगी हतारहतार अनुमोदन गरिएकोले यसको परिणामहरु देखिँदै जाने वताएका उनले दलहरुले ल्याएको व्याख्यात्मक टिप्पणीलाई ‘न्यानो थाङ्ना’ बाहेक केही नभएको दावी गर्दै आएका छन् ।

एमसीसीमा अनेकौं राष्ट्रघाती कुराहरु भएको उनको भनाई छ। विप्लवले रावल, खनाल, वामदेव गौतमसम्मलाई जोड्न सकिनेबारेमा पनि छलफल गरिरहेको वताईन्छ।

एमसीसी विरोधी नेताहरु एकठाउँ उभिएर पार्टी बनाउँदा ठूलै जनमत एकीकृत गर्न सकिने उनको बुझाइ छ । प्रचण्ड नेतृत्वको पार्टीभन्दा आफूहरु बलियो र ठूलो बन्न सकिने उनीहरुको विश्लेषण रहेको विप्लव निकट नेताको भनाइबाट पुष्टि हुन्छ ।
 

एमसीसी नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष