News

पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?

पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?

सामाजिक सञ्जाल होस वा अनलाईन समाचार, अहिले जताततै नेपाली चलचित्रका नायक पल शाह र उनीमाथि बलात्कारको आरोप लगाउने गायिकाको चर्चा छ। पीडित भनिएकी गायिकाको उजुरीका कारण नायक शाह तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले उनीमाथि छानविन गरिरहेको छ।

प्रेमिका भनिएकी गायिकाले आफूलाई ललाईफकाई जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र गैंडाकोटमा जबर्जस्ती करणी मुद्दा जाहेरी दर्ता गरेपछि घटना औपचारिक रुपमा सार्वजनिक भयो। तर, उनीहरुको विषय प्रेम प्रसंगदेखि नै मिडियामा सार्वजनिक भएका हुन । दुबैले सम्बन्धबारे विभिन्न समयमा बोलेका पनि हुन् ।

तर, पछिल्लो सयमा दुवै जना मिडियाबाट भाग्न थाले। त्यसपछि बलात्कारको उजुरीका रुपमा तनहुमा पुगेर घट्ना विष्फोट भयो। बलात्कारको आरोप लागेका पलले अडियो सार्वजनिक गर्दै आफूविरुद्ध षड्यन्त्र भएको बताए । पलले सार्वजनिक गरेका अडियो क्लिप र उनको म्यानेजर भनिएका कृष्ण जोशीले मिडियामा दिएका अन्तर्वार्ता हेर्दा दुई जनाको प्रेम सम्बन्धलाई बार्गेनिङको अस्त्र बनाएर गायिकाकै योजनामा घटना प्रहरीसम्म पु-याइएको जस्तो देखिन्छ।

तर, कानुनले भने यी सवै विषयलाई मान्दैन। कानुन अनुसार नाबालिकासँग सहमतिमै भएको भएपनि शारीरिक सम्वन्धलाई बलात्कार नै मानिन्छ। कानुनको आँखाले हेर्दा यो निश्चय पनि हिंसाजन्य मुद्दा हो । तर, घटनाको सबै पृष्ठभूमि र यसमा जोडिएका अन्य पक्षलाई पनि अनुसन्धानको दायारामा ल्याउन नल्याउने हो भने यस्ता प्रकरण एकपछि अर्को दोहोरिनेमा कुनै शंका छैन।

मन मिलेसम्म सहमतिमा सवैथोक गर्ने, तर मन फेरिने वित्तिकै वलात्कारको आरोप लगाउने र कानुनको दुरुपयोग गरी गलत फाइदाका लागि ब्ल्याकमेलिङ गर्ने संस्कृतिको विकास हुने जानकारहरु वताउँछन् ।

घटनालाई महिलाको दृष्टिकोणबाट र खाली १८ वर्षको उमेर हदलाई मात्र हेरेर अनुसन्धान गर्नु भन्दा पनि यसको निश्पक्ष छानबिन गरिनुपर्नेमा उनीहरुको जोड छ। पलले गल्ती गरेको भए उनी सजायँको भागिदार हुनुपर्छ, तर घट्नालाई जसरी तोडमोड गरिएको भन्ने कुरा सार्वजनिक भएका छन त्यो हिसावमा पनि अनुसन्धान केन्द्रित हुनु पर्ने सर्वसाधारणको पनि मत छ।

आरोप लाग्दैमा जेल जानुपर्ने र सहमतिमा गरिएको ब्यवहारलाई पनि बलात्कारको हतियार वनाउँदै जाने हो भने नाबालिकालाई प्रयोग गरेर अनुचित लाभ लिने गिरोहको षडयन्त्रमा धेरै जना पर्न सक्ने समाजका जानकारहरु वताउँछन् । ‘यो प्रकरण सतहमा आएका केही घट्ना मध्येको एक हो, समाजमा यस्ता थोप्रै घट्ना छन्। जो वाहिर आउन नपाई थामथुम पारिएको छ’ उनीहरु भन्छन्–‘इज्जत र प्रतिष्ठाको डरले माग गरिए अनुसारको लेनदेन गरेर मिलापत्र गराईएको घट्ना अहिले पनि समाजमा वग्रेल्ती छन् ।’
 

विशेष