News

प्रधानमन्त्रीको दावी– ब्याख्यात्मक घोषणा अमेरिकाले स्विकार्यो

प्रधानमन्त्रीको दावी– ब्याख्यात्मक घोषणा अमेरिकाले स्विकार्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भएपछि युएसएआईडीले गर्दै आएको सहयोग रकम डबल गर्ने जानकारी आएको वताएका छन् । एमसीसी संसद्बाट पारित भएपछि गत सोमबार पहिलो पटक वसेको क्याबिनेट बैठकमा देउवाले यस्तो जानकारी दिएका हुन ।

उक्त वैठकमा ३५ वटा प्रस्ताव पेश भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलेको भुमिकाको प्रशंसा गरे। उनले खुलेरै नेता ओलीको प्रशंसा गर्नुका साथै सत्तारुढ गठबन्धनका सहयात्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का माधवकुमार नेपाललगायत अन्य दल र तिनका नेताप्रति आभार प्रकट गरेको जनाईएको छ।

उनले दोस्रो नेपालमा दुवै छिमेकी मुलुक चीन र भारतलगायत अन्य मुलुकविरुद्ध कुनै पनि किसिमको गतिविधि गर्न नदिने पनि वताए । उनले विरोधीहरूले ‘व्याख्यात्मक घोषणा’को विरोधमा बोलेर भ्रम छर्न खोजेको भन्दै अमेरिकाले त्यसलाई स्वीकार गरेको जानकारी दिएका थिए ।
 

विशेष