News विदेश

युक्रेनी राष्ट्रपति जेलेन्स्की भागेर पोल्यान्ड पुगेको दावी

युक्रेनी राष्ट्रपति जेलेन्स्की भागेर पोल्यान्ड पुगेको दावी

रुसी सेनाले युक्रेनमाथि शैनिक हमला सुरु गरेको शुक्रवार ९ दिन पुगेको छ। युद्धको नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको समाचारहरु प्रकाशित हुन थालेका छन् । तर, यी समाचारहरु रुसी सञ्चार माद्यमले प्रकाशित गरिरहेका छन् ।

रुसी सञ्चारमाध्यमहरूले उनी भागेर पोल्यान्ड पुगेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दुई दिन पहिलामात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे जेलेन्स्कीलाई एयरलिफ्ट गरिने बताएका थिए । तर, जेलेन्स्कीले अन्तिमसम्म लड्ने र अमेरिका नजाने बताएका थिए । उनी लगातार सामाजिक सञ्चाल मार्फत भिडियो म्यासेजहरु सार्वजनिक गरिरहेका थिए ।

यसैबीच शुक्रबार रुसी सेनाले युरोपकै ठूलो न्युक्लियर पावर प्लान्टमा पनि कब्जा गरेको जनाइएको छ । 
 

विशेष