News स्वास्थ्य

नेपालमै सुरु भयो रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै सुरु भयो रोबोटिक प्रविधिबाट शल्यक्रिया

मोरङको विराटनगरमा रोबटिक प्रविधिबाट शल्यक्रिया सुरु गरिएको छ। विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटलले नेपालमै पहिलो पटक यो प्रविधि सुरु गरेको हो।

मान्छेको हातजस्तै रोबटको हातको माध्यमबाट अत्यन्तै जटिल शल्यक्रिया गर्न सकिने अस्पतालले जनाएको छ। मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले रावोटलाई आवाज वा मेकानिकल दुवै तरिकाबाट शल्यचिकित्सकले नियन्त्रण वा निर्देशन दिन सक्ने वताए ।

रोबटिक आम प्रविधिका कारण शल्यक्रिया गर्न कम समय लाग्ने र यो प्रविधि नेपालमै पहिलो पटक विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटलले सुरु गरेको कार्कीको दावी छ।

रोवोटिक आम प्रविधि सुरु गरेपछि हालसम्म २० वटा शल्यक्रिया गरिसकेको डा. कार्कीले वताए । 
 

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटल

विशेष