News

अर्थमन्त्री फेर्ने देउवाको तयारी, किन असक्षम भए जनार्दन ?

अर्थमन्त्री फेर्ने देउवाको तयारी, किन असक्षम भए जनार्दन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री फेर्ने तयारी गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग त्यस सम्वन्धि ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्न पनि नसकेकाले प्रधानमन्त्री हैरान भएको वालुवाटार निकट श्रोतले जनानएको छ।

अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । अर्थमन्त्रालयमा ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन देउवाले कसरत गरिरहेको वताईएको छ।

यस सम्वन्धमा देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको देउवा निकट स्रोत बताउँछ । उनले माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर अर्थमन्त्रालयमा आफुले रोजेको मान्छेलाई मन्त्री वनाउने तयारी गरेका छन् ।

तर, प्रचण्ड तयार नभए उनकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन आग्रह गर्ने पनि जनाईएको छ। 

ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि आफनो त्यो प्रस्तुती देखाउन सकेका छैनन्। वरु उल्टै विवादमा पर्दै आएका छन् । विज्ञ कर्मचारीलाई वेवास्ता गरेको, जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको लगायतका विषयमा उनी आलोचित छन् । सेयर बजारका विषयमा दिएका अभिव्यक्तिले पनि उनको चर्को आलोचना भएको थियो ।
 

विशेष