News

पाटन, जावलाखेल र पुलचोकमा चुरोट निषेध, चिरिबाबु भन्छन्- स्मोकिङ किल्स

पाटन, जावलाखेल र पुलचोकमा चुरोट निषेध, चिरिबाबु भन्छन्- स्मोकिङ किल्स

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । आज शुक्रवार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाका कारण सफल हुन नसकेको बताए । उनले आजदेखि लागू हुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए। जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

मेयर महर्जनले भने, ‘स्मोकिङ किल्स भन्ने भनाइ शतप्रतिशत ठिक छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ ।’मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापर्बाही नगरि कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाए । 

मेयर चिरिबाबु महर्जन धूम्रपान निषेधित क्षेत्र

विशेष