News खेल

मैत्रीपुर्ण क्रिकेटमा सिजी ११ ले सिडिओ ११ लाई हरायो

मैत्रीपुर्ण क्रिकेटमा सिजी ११ ले सिडिओ ११ लाई हरायो

भारतको ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत शनिवार विरगञ्जमा भारत–नेपाल मैत्री क्रिकेट म्याच सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावास विरगञ्जको आयोजनामा म्याच सम्पन्न भएको हो ।

खेलमा महावाणिज्य दुतावासका कर्मचारी र नेपालतर्फका सरकारी कर्मचारीहरुको टोलीले भाग लिएका थिए। कन्सुलर जनरलको टोली (सिजी–११) र सिडिओ –११ का विचमा प्रतियोगिता सम्पन्न भएको जनाईएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिडिओ ११ ले सिजी–११ लाई ७२ रनको लक्ष्य दिइएको थियो । सिजी ११ ले दुई ओभर बाँकी रहँदै लक्ष्य प्राप्त गरेको थियो ।

भारत र नेपालका सरकारी अधिकारीहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउन र स्वस्थ खेलकुदको महत्वलाई उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको महावाणिज्य दुतावासले जनाएको छ।

विशेष