News राजनीति

ओलीको आरोपः कांग्रेस दक्षिणपन्थीको वैशाखी टेकेर हिडेको छ

ओलीको आरोपः कांग्रेस दक्षिणपन्थीको वैशाखी टेकेर हिडेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस दक्षिणपन्थीको वैशाखी टेकेर हिडेको आरोप लगाएका छन् । लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको पार्टी दक्षिणपन्थीसँग काँध मिलाएर हिड्नु दुःखद् भएको उनको आरोप छ ।

झापाको विर्तामोडमा एमालेनिकट प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश अधिवेशनको उद्घाटन गर्दै शनिबार ओलीले नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उनको दावी छ।

प्रदेश १ को नाम ‘कोशी’
अध्यक्ष ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने उनको सुझाव छ।

‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन्’ उनले भने–‘जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।’
 

विशेष