News

माधव नेपाल भन्छन्– एमालेले हामीलाई हैरान पार्यो

माधव नेपाल भन्छन्– एमालेले हामीलाई हैरान पार्यो

संसद विघटन र अर्ली इलेक्सनका बारेमा सत्तारुढ दलकै नेताहरूबाट बीचमा मत बाझिएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अर्ली इलेक्सनको कुनै सम्भावना नभएको वताईरहँदा एकिकृत समाजवादीले भने संसदको अवरोध जारी रहे संसद विघटन र अर्ली इलेक्सनको विकल्प नभएको वताएको छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले आईतवार संसद भवनबाट वाहिरिदै गर्दा अर्ली इलेक्सनको सम्भावना नभएको बताए। आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनको भनाई थियो। 

कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मङसिरअघि चुनवा गर्न नसकिने उनले वताए । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना नरहेको उनको भनाई थियो। उनले ५÷६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेको अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए ।

उनलेस्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए । 

तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । संसद् भवनपरिसरमा उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नुपर्ने धारणा राखे। संसद्मा एमालेले हैरान पारेको भन्दै अध्यक्ष नेपालले भने–‘संसद्मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने।’

त्यसैले अब संसद् भंग गरेर निर्वाचनमा गए ओलीको बितन्डा पनि सहनु नपर्ने उनको धारण थियो। एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।
 

विशेष