News विदेश

भारतीय सुरक्षा बलद्वारा पाकिस्तानी आतंकवादीले राखेको विस्फोटक पदार्थ बरामद

भारतीय सुरक्षा बलद्वारा पाकिस्तानी आतंकवादीले राखेको विस्फोटक पदार्थ बरामद

 

नयाँ दिल्ली । जम्मू-काश्मीर प्रहरीले विशेष अपरेशन समूह एसओजीसँग मिलेर पाकिस्तानमा रहेको लश्कर-ए-तैयबा आतंकवादी संगठनको एउटा शाखा, प्रतिरोध मोर्चा टीआरएफद्वारा ड्रोनबाट खसालेको हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ। जम्मु काश्मीरमा गर्न लागिएको आतंकवादी कदमलाई रोकिएको बताइएको छ। 
जम्मू जिल्लाको आरएस पूरा उप-डिभिजनको अर्निया क्षेत्रमा पाकिस्तानी एजेन्सी आईएसआईले खसालेको विस्फोटक पदार्थ बरामद गरिएको हो। ड्रोन गतिविधि र पाकिस्तानमा आधारित आतंकवादी संगठन लस्कर-ए-तैयबा, द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) द्वारा हतियार र गोला बारुद छोड्ने जानकारी प्राप्त भएपछि एसओजी (स्पेशल अपरेशन ग्रुप) र जम्मू पुलिस द्वारा विशेष खोज अभियान सुरु गरिएको थियो। 
 प्रहरीका अनुसार पाकिस्तानी एजेन्सी आईएसआई (इन्टर-सर्भिसेस इन्टेलिजेन्स) को निर्देशनमा आतंकवादी समूहले ड्रोन गतिविधि सुरु गरेको थियो।
खोजी कार्यका क्रममा अरनियाको त्रेभा गाउँबाट राति ड्रोनमार्फत खसालेको हातहतियारका तीन बाकस बरामद भएको हो। जम्मू प्रहरीका अनुसार ती डेटोनेटर, तीन रिमोट-नियन्त्रित विस्फोटक वस्तु, तीन बोतल विस्फोटक पदार्थ, कोर्डेक्स तारको एक बन्डल, दुई टाइमरबम, एक पिस्तोल, दुई म्यागजिन, छ ग्रेनेड र ७० राउन्ड गोली बरामद गरिएको हो।
यी ठूला हतियार र विस्फोटक पदार्थहरू खसाउनुले पाकिस्तानमा आधारित आतंककारी संगठनको ठूलो आतंकवादी योजनालाई चित्रण गरेको जनाइएको छ। हतियार र विस्फोटक पदार्थको बरामदले जम्मू काश्मीर प्रहरीको सेनाद्वारा एक ठूलो आतंकवादी षड्यन्त्र रोकिएको बताइएको छ। 

विशेष