News अपराध सुरक्षा

एआईजीमा वढुवाका लागि यस कारण चर्चामा छ उत्तम सुवेदीको नाम

एआईजीमा वढुवाका लागि यस कारण चर्चामा छ उत्तम सुवेदीको नाम

नेपाल प्रहरीमा नेतृत्व परिवर्तन होस वा विशिष्ठ श्रेणीको पदमा वढुवा, जुनसुकै अवस्थामा हानाथाप हुन्छ। आकांक्षीहरु विभिन्न माद्यम वनाएर शक्ति केन्द्र धाउँछन् । तर, सिमित अधिकारीले मात्रै त्यो अवसर पाउँछन् । बाँकी प्रहरी अधिकारी डौडबाट वाहिरिन्छन्। यही झ्वाँकमा कतिपयले राजिनामा नै दिएर हिडेका उदाहरण पनि छन् ।

सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णयले अहिले पनि प्रहरी संगठनभित्र आकांक्षीहरूको दौडधुप सुरु भएको छ । स्थानीय तह निर्वाचन आचारसंहित लागु हुनुअघि नै एआईजीहरूको टुंगो लगाउने तयारी भएको छ ।

हाल नेपाल प्रहरीमा जनपदतर्फ २० जना डीआईजी छन् । २० जनामध्ये १३ जना हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । अन्य सातजना भने आईजीपी क्षेत्रीका वैकल्पीक हुन । २० जनानै एआईजीका दाबेदार हुन । आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनका ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाही पनि अवकाशमा जाँदैछन्। त्यसबाहेक आईजीकै ब्याचीहरू डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपीका सबै ब्याची ३० वर्षे सेवाहदका कारण १९ बैशाखमै अवकाश पाउनेछन् ।

हाल कायम रहेका पाँचजना एआईजीमध्ये विश्वराज पोखरेल र सहकुल थापा आईजीपी क्षेत्रीका वैकल्पीक हुन । उनीहरू र उनीहरूकै ब्याचबाट थपिएका एआईजीमध्येबाट एकजना आईजीपी हुने सम्भावना छ । तीनजना थपिएसंगै प्रहरीमा एआईजीको संख्या आठ पुग्नेछ । हाल एआईजीको दौडमा वसन्त पन्त, ईश्वरबाबु कार्की, उमेश रंजितकार, प्रकाशजंग कार्की, धनश्याम अर्याल, पुरुषोत्तम कंडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी, गणेश ऐर, दिवेश लोहनी लगायत छन् ।

तर एआईजी बन्ने चर्चामा धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्र धानुक, वसन्त लामा, वसन्त कुमार पन्त, ईश्वरबाबु कार्कीको नाम चर्चामा छ । यि मध्ये डिआईजी सिंहलाई एआईजीमा वढुवा गरेर आइजीपी वनाउने तयारी समेत सत्ता गठवन्धनले गरेको छ। यस वाहेक डिआईजी उत्तमराज सुवेदी पनि संगठनमा नाम चलेका र जनताले रुचाएका प्रहरी अधिकृत हुन । उनी एआईजीका लागि छुटाउन नहुने नाम हुन । 

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रमुख हुँदा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घट्नामा सफल अनुसन्धान गरेका थिए । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथीको हत्याबारे अनुसन्धान गर्न डिआईजी सुवेदी आफै फिल्डमा खटिएका थिए ।

भट्टको हत्या भएलगत्तै साबधानी अपनाएर स्थानको अध्ययन र प्राबिधिक पक्षको अनुसन्धानमा उनी आफनै लागे। उनी अनुसन्धानमा दख्खल प्रहरी अधिकारीका रुपमा चिनिन्छन्।

यसैगरी, चर्चित जनकपुर वमकाण्डका मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला) लाई पक्राउ गरेर उनले त्यस क्षेत्रको गुण्डाराज अन्त्य गरे। मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो। उक्त बम विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो। दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।

संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा जनकपुरबाट जितेका थिए। पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालिन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए। पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत भएका थिए ।

२०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषा–४ बाट संजय साह पहिलो पटक निर्वाचित सांसद् भएका थिए। जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउन्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यार्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टक्ला’ उपनामले चिनिन्छ। ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनका केही दिनअघि मात्र उपेन्द्र यादव नेतृत्वको फोरम प्रवेश गरेका थिए।

त्यसैगरी, २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा–४ बाट साह निर्वाचित भए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियत पाएका साह दोस्रो पटक पनि निर्वाचित भए। दुई निर्वाचनमा जीत निकालेसँगै साह नै त्यस्ता नेता बन्न सफल भए, जो जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका हुन्। त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार २ पटक जित्न सकेका थिएनन्। 

पैसा र राजनीतिक शक्तिको आडमा आफुलाई वचाउँदै आएका साहलाई अन्ततः उनी सुवेदीले पक्राउ गरे। २० वैशाख ०७१ मा भारतको नयाँ दिल्लीबाट उनलाई पक्राउ गरेर नेपाल ल्याईएको थियो।

यतिमात्र होईन, एसपी हुँदा त उनी ‘उत्तम’ कम र सिंघम सुवेदीका नामले धेरै चिनिन्थे । सर्लाहीको प्रहरी प्रमुख हुँदा उनले अपराध नियन्त्रणमा खेलेको भुमिकाका कारण उनालई तराईका बासिन्दाले ‘सिंघम’ नाम उपहारमा दिएका थिए । 
 

उत्तमराज सुवेदी

विशेष