News

तनहुँको दमौलीमा हेलिकप्टर प्रयोग गरेर आगो निभाईदै

तनहुँको दमौलीमा हेलिकप्टर प्रयोग गरेर आगो निभाईदै

तनहुँको व्यास नगरपालिका ४ मेनचोकमा रहेको भूपाल हार्डवेर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । बाटो साँघुरो भएका कारण दमकल पुर्याउन समस्या भएपछि हेलिकप्टर प्रयोग गरिएको हो ।

आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ । आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी र सेना खटाइएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन ।

आगो लागेको स्थानमा ३ वटा हार्डवयेर पसल एकै ठाउँमा छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या भएको स्थानीयले वताएका छन् ।
 

आगलागी

विशेष