News अपराध सुरक्षा

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जुम्लाकी एक महिलाले उनीमाथि बलात्कार गरेको आरोप लगाएर बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्। सांसद बानियाँलाई गत सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेकी छिन् ।

पीडित भनिने महिलाले दिएको जाहेरीका आधारमा हामीले पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएका छौ,’ न्यौपानेले भने, अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।’

विशेष