News राजनीति

आफनो सरकार ढालेको दोस ओलीले बाह्य शक्तिलाई लगाए

आफनो सरकार ढालेको दोस ओलीले बाह्य शक्तिलाई लगाए

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाह्य शक्ति लागेर आफु नेतृत्वको दुई तिहाईको सरकार ढालेको वताएका छन् ।

सोमबार पोखरामा मानव अधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले दुई तिहाइको सरकार गलत तत्वहरूले सहन नसकेर फालेको दाबी गरे। पार्टीभित्र र बाह्य शक्तिहरू मिलेर आफ्नो सरकार ढालेको उनको दावी छ।

‘केही अवान्छित गलत तत्वहरूले सहन सकेनन्। प्रतिक्रियावादीसँग मिलेर भित्रका शक्ति र बाह्य शक्तिसँग मिलेर हामीलाई फाले’ उनले भने–‘संसदबाट सरकार बनाउन नसकेर अदालतबाट परमादेश ल्याए।’

जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याएको भन्दै उनले थपे–‘संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ?’ केपी ओली असफल भयो, दुई तिहाइको सरकार टिकाउन सकेन भनेर आलोचना हुने गरेको विषयमा उनले दुई तिहाई कसैले गिफ्टमा नदिएको पनि वताए ।

दुई तिहाइको सरकार आफूहरूको संघर्ष र आन्दोलनबाट आएको वताएका उनले ‘कसैले दुई तिहाई गिफ्ट दियो मैले खसाएर फुटाएँ? कि त्यो हामीले आर्जन गरेको हो?’ 

विशेष