News

ओम शर्माको नाम लिएर ढुङ्गानाको बार्गेनिङ

ओम शर्माको नाम लिएर ढुङ्गानाको बार्गेनिङ

नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गानामाथि अदृष्य लगानीमा अनलाईन सञ्चालन गरेको, पत्रकारिताका नाममा वार्गेनिङको धन्दा चलाईरहेको र त्यसका लागि महिला पत्रकार/कर्मचारी प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।

वार्गेनिङका लागि गोरखापत्र दैनिकका पत्रकार एवम् उनका फुपुका छोरा अर्जुन शर्मा समेतलाई प्रयोग गर्दै आएको विषय यस अघि नै सार्वजनिक भएको थियो । ढुङ्गानाले बार्गेनिङका लागि रातोपाटी डटकमका संस्थापक तथा नेकपा माओवादी केन्द्र निकटका पत्रकार ओम शर्मासमेतको नाम लिने गरेको स्रोतले दावी गरेको छ।

स्रोतका अनुसार नातामा ओम र पुष्प मामा भन्जा हुन, तर उनीहरुको सम्वन्ध त्यति प्रगाढ छैन। ढुङ्गानाले उनै पत्रकार शर्माको नाम विभिन्न कार्यालयमा वेच्ने गरेको र धम्क्याउने गरेको पीडित कर्मचारीहरु समेत वताउँछन्।

उनले महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतमा आफनो प्रभाव जमाएका छन् । तर, ढुङ्गानाले नाम लिने गरेका पत्रकार शर्मा भने माओवादी भित्रका इमान्दार पत्रकार हुन । शर्मा नेपाल पत्रकार महासंघको महासचिव समेत भएका ब्यक्ति हुन । उनी अहिले पार्टीगत राजनीतिमा सकृय छन् । ढुङ्गानाले इमान्दार र कर्तब्यनिष्ठ शर्मालाई समेत भजाउन वाँकी नराखेको श्रोत वताउँछ।

ढुङ्गानाले यस अघि आफना दाजुलाई निकालेको आवेगमा वुद्ध एयरलाई समेत समाचार लेखेर लखेटेका थिए। तर, कुरा मिलेपछि उक्त मसाचार हटाईएको थियो। सो विषयमा नेपाल आजले समाचार प्रकाशन गरेपछि पुन समाचार यथास्थानमा राखिएको छ।

यति मात्रै होईन, अध्यक्ष ढुङ्गाना र नेपाल वाच डटकमका न्युज चिफ रमेश सापकोटाले महिला प्रयोग गरेर जेल पुर्याउने भन्दै नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागाईलाई समेत धम्की दिएका थिए। 

नेपाल वाचका विषयमा नेपाल आजले समाचार प्रकाशित गरेपछि पटक पटक समाचार हटाउन आग्रह गरेको र समाचार हटाउन नमानेपछि सोही अनलाईनमा कार्यरत महिला पत्रकारको नाम लिएर ‘तँलाई जेल पुर्याउँछु’ भन्दै सापकोटाले धम्की दिएको सञ्चालक गुरागाईले वताउँदै आएका छन्। 
 

र यो पनि, 

नेपाल वाच पुष्प ढुङ्गाना

विशेष