News

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

मालारानी गाउँपालिकाका माद्यमिक शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। २७ वर्षिय ति शिक्षकले एक विद्यार्थीलाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ। 

प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश खनालका अनुसार शिक्षकले पढाउने बहानामा पटक–पटक ती छात्रालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 
 

विशेष