News

२ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, विषको वट्टा घट्नास्थलमा

२ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, विषको वट्टा घट्नास्थलमा

ललितपुरको कोञ्जोस्योम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई दिने शिशु समेत छन्।

आइतबार राति खाना खाएर सुतेका ६ जनामध्ये सोमबार बिहान ४ जना मृत भेटिएका थिए । बिरामी अवस्थाका दुई जनालाई अस्पताल लगिएकोमा एक जनाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा ५५ वर्षकी काइँली स्याङ्तान, २२ वर्षीया सुष्मा स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, ५ वर्षीया आशमा स्याङ्तान र २ दिने नवजात शिशु छन् । शिशुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कोन्जोस्योमको टोली, महानगरीय प्रहरी वृत्त चापागाउँको टोली र परिसर ललितपुरको टोली पुगिसकेको छ।

घटनास्थलमा अहिले प्रहरीले डाक्टरसहित अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घरभित्र आगो बालेको कोइला र केही बान्ता गरेको देखिएको छ। ललितपुर प्रहरी परिसरका एसपी सिद्धविक्रम शाहका अनुसार घटनास्थलमा विषको बट्टासमेत फेला परेको छ।

विशेष