News राजनीति

सुध्रिएन प्रचण्ड–नारायणकाजी सम्वन्ध, एमसीसीको छलफल चुनावपछि !

सुध्रिएन प्रचण्ड–नारायणकाजी सम्वन्ध, एमसीसीको छलफल चुनावपछि !

शुक्रवारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको वैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तिव्र दवावमा छन् । एकातर्फ दुई महिनादेखि टुङ्गो नलागेको महासचिवसहित पदाधिकारीको छिनोफानो गर्नु पर्ने छ भने अर्कोतर्फ एमसीसीका कारण असन्तुष्ट वनेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहितका नेतालाई मनाउनु पर्ने वाध्यता छ।

यही दुई वटा समस्याको गाँठो फुकाउन नसक्दा आईवार दुई पटक जम्का गर्दा पनि माओवादीको वैठक वस्न सकेन। उक्त वैठक आजका लागि सारिएको छ। वैठकअघि प्रचण्डले विभिन्न नेतासँग छलफल गर्दै समस्याको जरो उखुल्ने प्रयास गरे। तर, नारायणकाजीलाई मनाउने उनको प्रयास भने अझै सफल हुन सकेको छैन। 

एक माओवादी नेताका अनुसार अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पास गरिएपछि सुरु भएको पार्टीभित्रको विवाद साम्य हुने छाँट देखिएको छैन। पुस ११–१८ सम्म भएको आठौं महाधिवेशनपछि शुक्रबारदेखि सुरु केन्द्रीय समिति बैठकमा एमसीसीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच विवाद भयो।

नेता श्रेष्ठ यथाअवस्थामा एमसीसी पास गराउन नहुने अडानमा थिए। तर अध्यक्ष प्रचण्डले फागुन १५ मा संसदबाट पास गर्न एमसीसीमा समर्थन गर्ने निर्णय लिएपछि माओवादीमा विवाद छ। नेता श्रेष्ठले शुक्रबारदेखि सुरु केन्द्रीय समिति बैठकमा डेढ घण्टा बोल्दै मौखिक असहमति र फरक मत राखेका थिए। 

प्रचण्डले भने १२ बुँदे व्याख्यात्मक घोषणाका आधारमा एमसीसी संशोधनसहित पास गरिएको स्पष्टीकरण दिएपछि श्रेष्ठले व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका थिए। यस्तो उनले आफ्नो फरक मतसहितको दस्तावेज तलैसम्म लैजानुपर्ने अडान लिएका छन्।

श्रेष्ठको अडानपछि प्रचण्डले अर्को रणनीति सुरु गरेका छन् । एमसीसीमा देखिएको विवादले पार्टीमा संकट ल्याउन सक्ने भन्दै उनले यसलाई चुनावपछि छलफलको एजेन्डा बनाइनुपर्ने बताउँन थालेका छन् ।

सोमबार बिहान अध्यक्ष दाहाल निवासमा नेताहरुबीच भएको छलफलमा पनि एमसीसीको विषयलाई चुनावपछि लाने कुराकानी भएको एक नेताले वताए ।

विशेष