News अर्थ

सुनको भाउ तोलमै १ लाख ३ हजार

सुनको भाउ तोलमै १ लाख ३ हजार

नेपालमा सुनको भाउ तोलामै एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । रुस र युक्रेन युद्धका कारण नेपालमा सुनको भाउन वढेको हो।

सुनको भाउले अहिले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ। कोभिड–१९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो ।

तर, कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएपछि सुनको भाउ घट्न थालेको थियो । अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।

दुई देशबीचको युद्धकै कारण सुनको भाउ लगातार बढ्दै  गएको छ। सोमवार तोलामा ११ सय रुपैयाँले बढेर सुन १ लाख ३ हजार रुपैयाँमा पुगेको छ । यसअघि गत वर्ष साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

यसवर्ष भाउ बढेर गत वर्षको रेकर्ड तोडेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। सुनको भाउ अझै बढ्ने सम्भावना रहेको उनले वताए ।
 

विशेष