News

पदाधिकारी चयन र एमसीसीको छलफल जेठ २० गते गर्ने माओवादीमा सहमति

पदाधिकारी चयन र एमसीसीको छलफल जेठ २० गते गर्ने माओवादीमा सहमति

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको छ। आगामी वैठक जेठ २० गतेका लागि वोलाईएको र सोही वैठकमा ति विषय टुङ्गा लगाउने निर्णय भएको एक नेताले जानकारी दिए । 

पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा सोही वैठकमा छलफल हुने उनले वताए । पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको हो । 

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डले वताएका छन् ।

यसअघि केन्द्रीय कमिटी बैठकले नै पदाधिकारी टुंगो लगाउने बताइएको थियो। तर एमसीसीले पार्टीभित्र उथलपुथल ल्याएपछि तत्काल पदाधिकारीका लागि सहमति जुट्ने अवस्था नरहेको नेता रामनारायण बिडारीले जानकारी दिए।

बैठकले केन्द्रीय कमिटीलाई भने पूर्णता दिने उनले बताए।  बैठकमा आज गत शुक्रबार नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले उठाएका विषयमाथि छलफल हुने र त्यसपछि प्रचण्डले जवाफ दिने कार्यसूची छ।

यससँगै बैठकले आगामी स्थानीय निर्वाचनका लागि नेताहरुको कार्यविभाजन पनि तय गर्ने बताइएको छ। केन्द्रीय कमिटी बैठक जारी छ। गत पुस ११ देखि १८ गतेसम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्षमात्र चयन गरेको छ।

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ। आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो। 

यो पनि

सुध्रिएन प्रचण्ड–नारायणकाजी सम्वन्ध, एमसीसीको छलफल चुनावपछि !

विशेष