अर्थमन्त्री फेर्ने प्रधानमन्त्रीको प्रश्तावमा वर्षमानको असहमति
अर्थमन्त्री फेर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी प्रति सत्ता सहयात्री दल नेकपा माओवादीका नेता वर्षमान पुनले असहमति जनाएका छन् । प्रचण्डले जनार्दन शर्मालाईलाई पार्टीको महासचिव वनाउन अर्थमन्त्रीमा उनको नाम चर्चा गर्न थालेपछि पुनले यसमा असहमति जनाएका हुन ।
माओवादीको सोमबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई कुरा गर्दै उनले अर्थमन्त्रीसँग प्रधानमन्त्री आफैले कुरा गर्नुपर्ने बताए । सरकारको मुख्य जिम्मेवारी कोभिडबाट बिथोलिएको अर्थतन्त्र सम्हाल्ने भएकाले आफ्नो अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने उनको भनाई छ। अन्यथा ‘एवीसीडी’ जो अर्थमन्त्री आएपनि सक्सेस हुन नसक्ने उनको तर्क छ।
यता, प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रालयको ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्न पनि नसकेकाले अर्थमन्त्री जनार्दन शर्मालाई फेर्ने तयारी गरेका छन् ।
देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर अर्थमन्त्रालयमा आफुले रोजेको मान्छेलाई मन्त्री वनाउने देउवाको तयारी छ ।
प्रचण्ड तयार नभए उनकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन आग्रह गर्ने देउवाको कुरा वाहिरिएको थियो। प्रचण्डले अर्थमन्त्रालयलाई पार्टीको महासचिवमा देखिएको लुछाचुडिलाई शान्त गर्ने उपायका रुपमा पनि लिएका छन् ।
नेताहरुका अनुसार देउवाको असन्तुष्टिपछि प्रचण्डले नेता वर्षमान पुनलाई अर्थमन्त्री वनाएर शर्मालाई महासचिव वनाउने तयारी समेत थालेका छन् । ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि आफनो त्यो प्रस्तुती देखाउन नसकेको गुनासो वढेको छ।
यो पनि
प्रचण्डको तयारीः वर्षमानलाई अर्थको ललिपप, जनार्दनलाई महासविच
अर्थमन्त्री फेर्ने देउवाको तयारी, किन असक्षम भए जनार्दन ?
अर्थमन्त्री वर्षमान पुन