News राजनीति

ओलीको असन्तुष्टिः अदालत, सभामुख देखि निर्वाचन आयोग पनि हाम्रो विरुद्ध?

ओलीको असन्तुष्टिः अदालत, सभामुख देखि निर्वाचन आयोग पनि हाम्रो विरुद्ध?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नेपाली कांग्रेसको प्रभावमा परेको आरोप लगाएका छन् । ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताए।

मंगलबार काठमाडौंमा आयोजित अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको ? भन्दै प्रश्न गरे । ‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसावले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ?’ उनले भने–‘कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि ।’

आफुले आयोगसँग यसबारे कुरा गर्न नपाएको पनि उनले सुनाए। चुनाव चिन्ह हरियो वनाउने विषय मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्ने र आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्ने उनको भनाई छ। 

सरकारका निकाय जहिलै एमाले विरोधी देखिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’– उनले प्रश्न गरे।
 

विशेष