News

नारी दिवसकै दिन उजाडियो मन्दिराको परिवार, अपमानले पोलेपछि परिवारैले पिए विष

नारी दिवसकै दिन उजाडियो मन्दिराको परिवार, अपमानले पोलेपछि परिवारैले पिए विष

महिलाको अधिकार, स्वतन्त्रता र समानताको नारा लगाउँदै आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि मनाईदैछ। जर्मनीकी क्लारा जेट्किनले सन् १९१० मा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।

समान श्रममा समान पारिश्रमिकको मागसहित सुरु भएको यो आन्दोलनले विशेष गरी नारीको आर्थिक आत्मनिर्भतालाई जोड दिएको छ । नारीहरु आफै सक्षम बन्नुपर्छ भन्ने यो आन्दोलनको मुख्य उद्देश्य हो । तामझामसहित नारी दिवस मनाउँदै गर्दा काठमाण्डौको नागार्जुन नगरपालिका–६ डाँडापौवाकी एक महिलाको परिवार उजाडिएको छ।

काठमाडौंको रामकोट स्थित गोरखा फाइनान्समा काम गर्ने ३५ वर्षिया मन्दिरा प्रधानलाई पैसा हिनामिना गरेको भन्दै मानसिक रुपमा तनाव दिने र प्रहरीमा ठिङ्ग्याउने गर्न थालेपछि उनको परिवकारका पाँचै जनाले विष सेवन गरेका छन् ।

गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। विष पिएकामध्ये ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फाइनान्समा काम गर्थिन्। तर उनलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेको थियो। 

जागिरबाट निकालिसकेपछि उनीविरुद्ध जनसेवा प्रहरी वृत्तमा उजुरी समेत हालियो। उनी विरुद्ध करिव ७ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै फाइनान्सले उजुरी हालेको छ। प्रहरीले त्यही जाहेरीका आधारमा मन्दिरालाई गत शुक्रबार पक्राउ गरेको थियो। ६ घण्टा प्रहरी हिरासतमा राखेपछि उनलाई आईतवार हाजिर हुने सर्तमा जेठाजु कुमारमान प्रधानको रोहबरमा छोड्यो।

आइतबार पनि फाइनान्सले बारम्बार ताकेता गरेको थियो। त्यतिबेलै मन्दिराले आफूले रकम तिर्न नसक्ने भन्दै बरु आत्महत्या गर्ने बताएकी थिइन्। त्यही तनावका कारण कारण आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ।

विष पिएका मध्ये मन्दिराका भतिजा ३३ वर्षीय सुवर्णमानको मृत्यु भइसकेको छ। मन्दिरा, ४० वर्षीय भीममान प्रधान, उनकी आमा ६२ वर्षीया इन्द्रमाया र छोरी ११ वर्षीया सुब्रिनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। 

सोमबार राति ९ बजेतिर उनीहरु घरमा ढोका बन्द गरेको अवस्थामा बेहोस भेटिएका थिए। काठमाडौंको डल्लु घर भएका उनीहरु रामकोटमा चारवटा कोठा भाडामा लिएर बस्दै आएका थिए। 

विशेष