News विदेश

युद्ध मैदानमा युक्रेनी स्वयमसेवक सैनिकले यसरी गरे विवाह

युद्ध मैदानमा युक्रेनी स्वयमसेवक सैनिकले यसरी गरे विवाह

युक्रेनको राजधानी किएभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन्। एउटा सैनिक जाँचचौकीमा उनीहरूको सैन्य शैलीमा विवाह सम्पन्न भएको हो ।

रुसले शैनिक हमला गरेपछि युक्रेनका नागरिक पनि सेनाको सहयोगका लागि हतियार लिएर लडिरहेका छन् । तिनै मध्येका लेस्या र भालेरीले सैन्य शैलीमा विवाह गरेका हुन । उनीहरु दुवै स्वयम् सेवक हुन । उनीहरुले किएभ नजिकै सैन्य जाँचचौकीमा विवाह गरेका हुन ।

किएभका नगर प्रमुख तथा बक्सिङका पूर्व खेलाडी भिटाली क्लिट्श्कोले उनीहरुलाई वधाई दिए। यसैगरी युद्धरत शैनिक तथा स्वयम् सेवकहरुले समेत नव विवाहिता जोडिलाई बधाई दिएका थिए ।
 

विशेष