News

कलाकार नीर शाहलाई राष्ट्रिय सभामा मनोनित गर्ने तयारी, प्रधानन्त्रीको जोडबल

कलाकार नीर शाहलाई राष्ट्रिय सभामा मनोनित गर्ने तयारी, प्रधानन्त्रीको जोडबल

राष्ट्रिय सभामा रिक्त एक जना मनोनीत सदस्यका लागि कलाकार तथा नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक नीर शाहको नाम चर्चामा आएको छ। पञ्चायती पृष्ठभुमीका शाहलाई प्रधानमन्त्री शेरबहादुर देउवाकै जोडबलमा राष्ट्रिय सभामा मनोनित गर्न लागिएको हो ।

यसअघि केपी शर्मा ओली सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ठूला पार्टीको प्रतिनिधित्व हुनेगरी डा. युवराज खतिवडा, राधेश्याम अधिकारी र रामनारायण बिडारीलाई मनोनीत गरेकी थिईन।

ति मध्ये बिडारीले ४ वर्षे कार्यकाल पूरा गरेपछि अहिले एक जना सदस्य रिक्त छ । उक्त पदमा प्रधानमन्त्री शाहलाई मनोनित गर्न प्रधानमन्त्रीले नै जोड गरिरहेको स्रोत दावी छ। यस विषयमा देउवाले सत्ता गठबन्धन दलका नेताहरुसँग पनि परामर्श गरिसकेको वताईएको छ।

२०४२ सालमा नेपाल टेलिभिजन सञ्चालनको सुरुवात भएपछि शाहले करिब दश वर्ष सरकारी टेलिभिजनको नेतृत्व गरेका थिए। उनलाई संविधानसभाको २६ कोटामा अटाएर सभासद बनाउने तयारी कांग्रेसको थियो तर, आन्तरिक किचलोका कारण नमिलेपछि सरकारले उनलाई टेलिभिजन सुधार गर्ने जिम्मेवारी सहित अध्यक्षमा नियुक्त गरेको थियो।
 
उनी केही समय माओवादीमा लागेका थिए। तर, पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। यसअघि उनले चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी पनि समालिसकेका छन्।
 
शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्। 

कलाकारिता, निर्देशन, लेखनका विधामा सफल निरलाई नेपाली ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । बुलन्द अभिनयका कारण थुप्रै अवार्ड जितिसकेका निरले २०४१ सालमा सिनेमा ‘बासुदेव’बाट निर्देशन, निर्माण र लेखनको यात्रा पनि सुरु गरेका हुन।

नीर शाह

विशेष