News

को हुन यी नेपाली टोलीमा ठाँटिएका ?

को हुन यी नेपाली टोलीमा ठाँटिएका ?

बलिउडका सुपरस्टार अमिताभ बच्चनसहितका कलाकार नेपाली ढाका टोपीमा सजिएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ।

नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गत पर्ने ढाका टोपी लगाएको अमिताभ वच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पालगायतका वलिउड कलाकारहरु फोटो नेपाली चलचित्रका नायक राजेश हमालले सार्वजनिक गरेका छन् । फोटो शेयर गर्दै उनले लेखेका छन्–‘बलिउडका दिग्गज नेपाली ढाका टोपीसँग एउटै फ्रेममाः ‘उचाइ’ चलचित्र नेपालमा छायांकनपछि ।’

नेपाली टोपीमा भारतीय कलाकार हर्षित मुद्रामा देखिन्छन्। नेपाली फ्यानको ध्यान खिच्न र माया प्राप्त गर्न उनीहरुले ढाका टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ। जानकारी अनुसार बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बनीरहेको चलचित्र ‘उचाई’ को छायाङ्कनका लागि आउँदा उनीहरुले उक्त फोटो खिचेका हुन ।

चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहेको जनाईएको छ। 
 

विशेष