News

फिर्ता भएन बलात्कार आरोपी सिद्धबाबाको व्रम्हचार्य !

फिर्ता भएन बलात्कार आरोपी सिद्धबाबाको व्रम्हचार्य !

२६ वर्षिया महिलालाई बलात्कार गरेको आरोप लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेशी फेरी सेको छ।

उच्च अदालत विराटनगरमा रहेको मुद्दाको पेशी आज ३ नम्वर इजलासमा परेको थियो। गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको संयुक्त इजलास पेशी परेको थियो। 

सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलासमा पेस गर्नु’ भन्ने आदेश गरेका छन् । न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको थुनछेक आदेशलाई बदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।

तर जिल्ला अदालतबाट गिरीले सफाइ पाएका थिए । त्यसपछि उक्त मुद्धा पुनरावेदन भएर उच्च अदालतमा आएको छ। पहिले नै थुनछेक आदेश गर्ने न्यायाधीशले पुनरावेदनको रोहमा रहेको मुद्दा हेर्न नमिल्ने भन्दै विपक्षीका कानुन व्यवसायीले स्थगनको माग गरेका थिए। तर, मुख्य न्यायाधीश श्रेष्ठले अर्को इजलासमा पेस गर्ने आदेश दिएका छन् ।

यो मुद्धा उच्च अदालत विराटनगरमा रहेका १० मध्ये ५ जना न्यायाधीशले हेर्न नमिल्ने जनाईएको छ। अर्को पेशी चैत १५ गतेका लागि सारिएको छ।  सुनसरी जिल्ला अदालतको ०७७ मङ्सिर २२ गते गरेको फैसलामा गिरीले बलात्कार गरेको नभई आपसी सहमतिमै यौनसम्बन्ध स्थापित गरेको उल्लेख थियो।

२६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । गिरीले पनि जिल्ला अदालतको फैसलामा आफ्नो ब्रम्हचार्य तोडिएको फैसला आएको भन्दै त्यस्तो नभएको कारण पूर्ण सफाइको माग गर्दै अर्को मुद्दा दर्ता गराएका छन् ।

यो पनि

सिद्धबाबाको ब्रम्हचर्य तोडिदिएको मुद्दामा आज फैसला !

सिद्धबाबा कृष्णबहादुर गिरी

विशेष