News

मधेशका ३ जिल्लामा भारतले एलपी ग्यास वितरण गर्दै

मधेशका ३ जिल्लामा भारतले एलपी ग्यास वितरण गर्दै

भारतले मधेश प्रदेशका तीन जिल्लामा वसोवास गर्ने पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायत सामग्री उपलब्ध गराउने भएको छ।

भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजले सर्लाही, रौतहट र सप्तरी जिल्लाका लक्षित परिवारलाई ति सामग्री उपलब्ध गराउन सम्झौता भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत बुधबार सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार भारत सरकारको २ करोड ४ लाख ९० हजार रूपैयाँ अनुदान सहयोगमा ३ हजार एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराईने छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उपलक्ष्यमा भारत सरकारले नेपालमा ‘इन्डियाएट ७५ आजादीका अर्मत महोत्सव’ अन्तर्गत ७५ वटा परियोजना आयोजना गर्दैछ।

दाउरा, कोइला, गुइँठाजस्ता परम्परागत इन्धनमा निर्भर रहेको नेपाली ग्रामीण क्षेत्रका घरपरिवारलाई एलपी ग्यास इन्धनको पहुँच विस्तार गर्न भारतले ‘प्रधानमन्त्री उज्ज्वला योजना’ अन्तगर्तत यो परियोजना अगाडि ल्याएको दुतावासले जनाएको छ।

सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५ सय २३ भन्दा बढी परियोजनाहरु अघि बढाइसकेको छ । जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

विशेष