News

काठमाण्डौंमा यसरी सम्पन्न भयो गोलमेच छलफल

काठमाण्डौंमा यसरी सम्पन्न भयो गोलमेच छलफल

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा ‘महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु’ विषयक गोलमेच छलफल सम्पन्न भएको छ। भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा भारत–नेपाल एलम्नाई सञ्जालले छलफल गरेको हो।

छलफलका राजनीतिमा महिलाले महत्वपूर्ण भूमिका खेलेको बक्ताहरुले वताए । वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षेत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा उनीहरुले जोड दिए।

छलफलमा नेपाली कांग्रेसकी नेतृ तथा प्रधामन्त्री शेरबहादुर देउवाकी पत्नि डा. आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु डा. बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागीता थियो ।

प्राध्यापक इला शर्माले छलफलको सहजिकरण गरेकी थिईन। 

विशेष