News

सत्ता गठवन्धनकै वरिष्ठ नेताले भने– एमसीसी चीन विरोधी भयो

सत्ता गठवन्धनकै वरिष्ठ नेताले भने– एमसीसी चीन विरोधी भयो

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयनमा आए त्यो चीन विरोधी हुने दावी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता समेत रहेका खनालले एकतर्फी घोषणाबाट पारित भएको एमसीसी कम्युनिष्ट विरोधी र चीनविरोधी दुवै हुने बताए। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

संसदले एमसीसी अनुमोदन गर्नु अघिदेखिनै त्यसको विरोधमा रहेका खनाल ब्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात पनि असन्तुष्ट छन् । उनले पटक पटक एमसीसी अनुमोदनको विषयमा सार्वजनिक टिप्पणी पनि गरेका छन् ।

यसैविच नेकपा एसको पोलिट्ब्युरो वैठकमा अध्यक्ष नेपालले उनको आलोचना गरेका थिए भने केन्द्रीय समिति वैठकमा पनि एमसीसीको विरुद्धमा फेसबुकमा लेखिएका स्टाटस डिलिट गर्न र यसबारे जथाभावी नबोल्न नेताहरूलाई चेतावनी दिएका थिए । उनले गल्ति नस्विकारे स्पष्टिकरण सोध्ने चेतावनी दिएका छन् ।

वैठकमा अध्यक्ष नेपालपछि बोलेका नेता खनालले धारणा राख्दै एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयन भए त्यो नेपाली कम्युनिष्ट पार्टी र चीन विरोधी हुने वताएका हुन।

‘धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो’ उनले भने–‘पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी ग¥यौं । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ ।’

त्यसलाई लेटर अफ एक्सचेन्जबाटसम्झौताको अंग बनाउनु पर्ने उनले वताए । ‘अहिले कै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ । यो एकलौटी सम्झौता जस्तो भयो’ उनले थपे–‘हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।’

झलनाथ खनाल एमसीसी

विशेष