News

शशांकको विषयमा धारणा बनाउन निर्वाचयन आयोगले वोलायो बैठक

शशांकको विषयमा धारणा बनाउन निर्वाचयन आयोगले वोलायो बैठक

अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी अभिब्यक्ति दिएका नेपाली कांग्रेसका नेता शशांक कोइरालाको विषयमा धारणा वनाउने निर्वाचन आयोगले पदाधिकारी वैठक वोलाएको छ। नेता कोईरालाको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको आयोगले जनाएको छ।

निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गरेर धारणा तयार गर्ने जनाएको छ। ‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौं ।’

नेता कोईरालाले चुनाव महंगो भएको भन्दै हालसम्मका निर्वाचनमा आफुले १० करोड खर्च गरेको वताएका थिए ।

यो पनि...

शशांक कोइराला

विशेष