News अर्थ राजनीति

पूर्वअर्थमन्त्री पाण्डे भन्छन्– सरकारी संयन्त्रहरू दह्रो हुने हो भने अर्थमन्त्रीलाई थुन्नुपर्ने हो

पूर्वअर्थमन्त्री पाण्डे भन्छन्– सरकारी संयन्त्रहरू दह्रो हुने हो भने अर्थमन्त्रीलाई थुन्नुपर्ने हो

पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले यदि ‘सरकारी संयन्त्रहरू दह्रो हुने हो भने अहिलेका अर्थमन्त्री जनार्दन शर्मालाई थुन्नुपर्ने हो’ भन्दै अभिब्यक्ति दिएका छन् । बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको भन्दै उनले यस्तो वताएका हुन ।

सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले अर्थमन्त्रीको कमजोरी लुकाउनकै लागि गभर्नरमाथि छानबिन सुरु गरिएको बताए ।

‘हामी पनि अर्थमन्त्री थियौं । कसैको खाता फुकुवा गरिदिन मन्त्रीले भन्न मिल्दैन । यदि हाम्रा संयन्त्रहरू दह्रो हुने हो भने यही विषयमा मन्त्रीलाई लगेर थुन्नुपर्ने हो’ पाण्डेले श्रीलंकामा आर्थिक संटक आएपछि त्यहाँका अर्थमन्त्री देश छोडेर भाग्न लागेको विषय आफूले सुनेको बताउँदै भने–‘त्यो दिन नेपालमा पनि नआओस् ।’

सरकारले नेपालमा आवश्यक नै नभएको वस्तुहरू अत्यधिक आयात गर्न अनुमति दिएर अर्थतन्त्र बिगारेको आरोप पनि उनले लगाए । यसका साथै उनले यो वर्षको १० खर्ब रुपैयाँ बराबरको आयातका लागि विदेशी मुद्राको अभाव हुनेसमेत बताए । एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो वर्षको आयात २० अर्ब नाघ्ने र त्यसमा १० खर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको अभाव हुने बताएका हुन् ।

यो पनि,


यस्तो छ एमालेको विज्ञप्ति

विशेष