एमालेले भरतपुरमा पूर्वमन्त्रीलाई मेयरमा लडाउँने, कांग्रेसको यस्तो छ तयारी
नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकामा पुर्वमन्त्रीलाई मेयरमा लडाउने तयारी गरेको छ। अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री रहेका विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने तयारी एमालेले गरेको छ।
अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेदवार प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने जनाईएको छ। सुवेदी प्रदेशसभा सदस्य समेत हुन् ।
०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ ख बाट विजयी भएका सुवेदी भरतपुर–१२ का स्थायी वासिन्दा हुन। उनी तीन कार्यकाल चितवनमा पार्टी प्रमुख भएर काम गरेका छन् ।
अर्कोतर्फ सत्ता गठवन्धनले भने अहिलेसम्म पनि मेयर कसलाई दिने भन्ने टुङ्गो लगाउनसकेको छैन। ०७४ को निर्वाचनमा गठवन्धन गररै मेयर जितेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल पुनः मेयरमा दावी गरिरहेकी छिन् । अर्कोतर्फ कांग्रेसले पनि मेयर नछोड्ने अडान लिएपछि गठवन्धनमा तनावको अवस्था छ।
कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।
मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् । कांग्रेस चितवनको चैत २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई नछाड्ने बटमलाइन बनाएको छ ।
यो पनि,