News

एनआईसी एसिया बैंकका सिइओ ‘म्यानेजर अफ द इअर–२०२२’बाट सम्मानित

एनआईसी एसिया बैंकका सिइओ ‘म्यानेजर अफ द इअर–२०२२’बाट सम्मानित

एनआइसी एसिया बैंकका सिइओ (प्रमुख कार्यकारी अधिकृत) रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ द इअर–२०२२’बाट सम्मानित भएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन) ले न्यौपानलेलाई उक्त अवार्डबाट सम्मान गरेको हो । सिइओ न्यौपानेले प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हर्षित महसुस भएको बताएका छन्। अभूतपूर्व सम्मानित हुन पाउनु आफनो लागि ठूलो उपलब्धी भएको उनले वताएका छन् ।

यसैगरी बैंकले सम्मानका लागि एसोसिएसनप्रति आभार व्यक्त गदै न्यौपानेलाई बधाई ज्ञापन गरेको छ ।

विशेष