News

आचारसंहिता उलंघन गर्ने शशांक कोईरालालाई हुन्छ त कारवाही ?

आचारसंहिता उलंघन गर्ने शशांक कोईरालालाई हुन्छ त कारवाही ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शशांक कोइरालाले आफुले निर्वाचन आचारसंहिता विपरित चुनावमा पैसा खर्च गरेको सार्वजनिक कार्यक्रममै स्विकारे। नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले चुनावैपिच्छे आफ्नो खर्च बढिरहेको बताउँदै हाँसी–हाँसी आचारसंहिता उलंघन गरेको स्विकारेका हुन ।

‘अफ द रेकर्ड’ भन्दै आफनै पोल खोलेका कोईरालाले ‘पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट?  म छोड्न तयार छु। तपाईंहरुले कम्तीमा ६÷७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ’ भन्दै पटक–पटक आचारसंहित उलंघन गरेको वताए ।

एक पटक चुनाव लडिसकेपछि त्यसपछिका चुनामा खर्च घट्नुपर्नेमा वढ्दै गएको उनले वताए । ‘पहिलो चुनावमा ८० हजार खर्च भयो। किनभने म मान्छेलाई चिन्दै चिन्दैनथेँ। नौलो ठाउँ थियो। सात वटा गाविस थियो। पहाडमा मलाई उठाएर लिएर गएका छन्’ उनले भने–‘चिनिसकेपछि मूल्य (खर्च) त घट्नुप¥यो नि।’

राजनीतिक दलका अन्य नेताहरुले निर्वाचन खर्च महंगो भएको बताउँने गरेपनि ाफूले खर्च गरेको रकम भने सितिमिति उल्लेख गर्दैनन्। तर, कोइरालाले भने ‘अफ द रेकर्ड’ भन्दै प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा दायराभन्दा बढी खर्च गरेको स्वीकार गरे।

निर्वाचन आयोगले ०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने दायरा तोकेको थियो। तर, आफुले ६ करोड रुपैयाँ खर्च गरेको वताएपछि कोईरालको कुराप्रति सवैको ध्यान आकृष्ट भएको छ।

तीन पटकको चुनावमा गरी करिव १० कराडे खर्च गरेको बताउने कोईरालालाई निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा कारवाही हुन्छ की हुँदैन ? भन्दै अहिले आम नागरिकले चासो ब्यक्त गरिरहेका छन् ।
जानकारहरुका अनुसार चुनावमा हुने अधिकांश खर्च अपारदर्शी र प्रश्नचिन्ह लाग्ने किसिमका हुन्छन्। यस्तो खर्चिलो चुनावले राजनीतिक भ्रष्टाचार मौलाउने प्रशस्त सम्भावना रहन्छ। बेलैमा यस्ता खर्चलाई कानूनी सीमाभित्र नबाँध्ने हो भने राजनीतिमा सम्पूर्ण रुपमा पैसा खर्च गर्न सक्ने स्वार्थ समूहकै दबदबा रहनेसम्मको डर रहेको उनीहरु बताउँन्।

शशांक कोइराला

विशेष