News विदेश

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । पाकिस्तानको इतिहासमै पहिलोपटक प्रधानमन्त्री अविश्वासको प्रस्ताव मार्फत पदमुक्त भएका हुन् । आइतबार मध्यराति पाकिस्तानको संसद् (राष्ट्रिय सभा)मा उनी विरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन।

मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो । विपक्षी गठबन्धनले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा कुल १७५ सांसद रहेको बताउँदै आएका थिए ।

सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका खानलाई सत्तामा रहिरहन संसद्का ३४२ मध्ये १७२ सांसदको मत आवश्यक थियो । तर यसअघि सरकारलाई साथ दिएको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारको पक्षमा १६४ सदस्य मात्र थिए ।

विपक्षीहरू दलहरूले आफूलाई सत्ताबाट हटाउने तयारी थालेपछि प्रधानमन्त्री खानले राष्ट्रपति खानले संसद विघटनका लागि राष्ट्रपति आरिफ अल्भीलाई सुझाव दिएका थिए । त्यसलाई सदर गर्दै राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको,’ जनाएको थियो ।

संसद विघटनपछि पाकिस्तानी सर्वोच्च अदालतले अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुनःस्थापना गर्दै बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको थियो । निवर्तमान सभामुख असद काइसरले सभामुख पदबाट राजीनामा दिएपछि आइतबार पीएमएल–एन पार्टीका अयाज सदिकले सदन सञ्चालन गरेपछि उनले मतदान गर्न नपाएको पाकिस्तानी समाचार संस्था डनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री खान पदमुक्त भएसँगै अबको पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सेहबाज सरिफलाई अघि सारिने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । अविश्वास प्रस्ताव पारित भएसँगै पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन)का अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताएका छन् ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिन महत्व भएको बताए। यसअघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेका थिए । उनीहरूविरुद्ध परेको अविश्वासको प्रस्तावको विपक्षमा बढी मत खसेपछि दुवैको पद बँचेको थियो । 
 

विशेष