News

पूर्वअर्थमन्त्रीको दावीः  हस्तक्षेप नगरे नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन

पूर्वअर्थमन्त्रीको दावीः  हस्तक्षेप नगरे नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन

नेकपा एमालेले सरकारले मुलुकको अर्थतन्त्र तहसनहस पारेको र एमाले सरकारबाट बाहिरिएको ९ महिना नपुग्दै मुलुक टाट पल्टिने अवस्थामा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेताहरूले यस्तो वताएका हुन।

प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखे।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको बताए। समस्या समाधान गर्न नसके श्रीलंका हुनबाट नेपाललाई रोक्न नसकिने वताए ।

‘कुनै मन्त्री वा प्रधानमन्त्रीले भाषणमा आर्थिक अवस्था बिग्रिएको छैन। सुधार्छौँ भनेर हुँदैन’, उनले भने, ‘अर्थतन्त्र सुधारको लागि तदनुकूलको नीति अवलम्बन गर्नुपर्छ।’ उनले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेखालका काममा सरकार अघि बढिरहेको बताए। 


‘विगत सरकार अर्थात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको  सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको थियो। यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ, त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको निष्कर्ष अर्थविदहरुले निकालेका छन्।’– उनले भने।

एमालेले सरकारको नेतृत्व गर्दा मूल्यबृद्धि नियन्त्रणमा रहेको, विदेशी मुद्रा संचिती १४ करोड डलर रहेको र अर्थतन्त्र सवल अवस्थामा रहेको पनि पौडेलले दाबी गरे। ‘यदी हामीले सार्थक हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन। प्रधानमन्त्री र मन्त्रीहरुले श्रीलंकाको अवस्थामा जान दिने छैन भनेर भाषण गर्दैमा त्यो अवस्था रोकिँदैन।’

विशेष