News

बोलिको लगाम खुस्किएपछि शशांकलाई आपत, आयोगले पठायो चिठी

बोलिको लगाम खुस्किएपछि शशांकलाई आपत, आयोगले पठायो चिठी

एउटा निर्वाचनमा ६ करोड खर्च गरेको अभिब्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोईरालालाई निर्वाचन आयोगले जवाफ मागेको छ। चुनाव खर्चबारे विवादित अभिब्यक्ति दिएपछि कोईरालालाई अयोगले पत्राचार गरी जवाफ मागेको हो ।

कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाएका थिए। उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको सुनाएका थिए।

तर, उनले आयोगमा पेश गरेको ०७४ को चुनावी खर्च विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको पाईएको छ। आयोगले उनले वुझाएको खर्च विवरण समेत उल्लेख गर्दै यसमा के कसो भएको हो ७ दिनभित्र जानकारी दिन भन्दै ध्यानाकर्षण गराइएको जनाईएको छ। 

०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्न गर्न पाउने प्रावधान गरेको थियो। 
 

विशेष