News

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्न कांग्रेस नेताको चलखेल

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्न कांग्रेस नेताको चलखेल

सत्तारुढ लनका नेता/कार्यकर्ताको मिलेमतोमा इन्धनको हाहाकार मच्चाएर एकै पटक प्रति लिटर १० देखि १५ रुपैयाँ मुल्य बढाउने चलखेल सुरु भएको छ। इन्धन ब्यवसायीहरुले त्यसको प्रारुप तयार गर्न आन्दोलन सुरु गरेका छन्।

कानुनतः अत्यावश्यक वस्तुमाथि हड्ताल गर्न पाइदैन। तर, राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि नै लोड÷अनलोड ठप्प पारेको छ। पेट्रोलिम पदार्थमा दुई अंकको मुल्यवृद्धि गर्न निगमका कार्यकारी निर्देशक उमेश थानी पनि सकारात्मक भएको श्रोतको दावी छ।

थानी नेपाली कांग्रेस निकट नेता हुन् भने हड्ताल गर्ने अधिकांश संस्थागत घटकहरुमा कांग्रेसकै नेता छन् । उनीहरुले इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका छन् ।

शुक्रबारदेखि भने इन्धन लोड/अनलोड नै बन्द गरिएको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । शुक्रवार दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् । केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेको जनाईएको छ।

यसअघि व्यवसायीका माग सम्बोधन गर्न भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा एक उपसमिति गठन भएको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्र, निगम कार्यकारी निर्देशक उमेश थानी, निगमका प्रशासन प्रमुख नागेन्द्र साह र निगमकै नायव कार्यकारी निर्देशक सुशील भट्टराई सदस्य छन् । उक्त उपसमितिले तयार पारेको रिर्पोट अनुसार जायज माग सम्बोधन गर्ने निगमको भनाइ छ ।

तर, व्यवसायीहरु आफ्नै अडानमा छन् । मनपरी रुपमा व्यवसायीले अत्यावश्यक वस्तुको लोड/अनलोड ठप्प पारिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन छ ।

अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ । राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।

पेट्रोलियम पदार्थ

विशेष