News

मेलम्चीको सातौ पटक उद्घाटन गर्न लागेका देउवालाई यस्तो अवरोध

मेलम्चीको सातौ पटक उद्घाटन गर्न लागेका देउवालाई यस्तो अवरोध

मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा आयोजनाको सातौं उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम स्थगित भएको छ। भोली हुने भनिएको ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा देउवा नजाने भएका छन् ।

निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलीदेखि पानी पठाउन सुरु गरिने भएको छ ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले कार्यक्रम स्थलमा र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको उद्घाटन गरेका थिए ।

एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएपछि पानी रोकियो। ८ महिना लगाएर त्यसको मर्मत गरेपछि १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर पानी पथान्तरणको शुभारम्भ गरे।

२२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए।
 

विशेष