News राजनीति

कांग्रेसले आदर्श मानेका बीपीप्रति ओलीले गरे छुद्र आलोचना

कांग्रेसले आदर्श मानेका बीपीप्रति ओलीले गरे छुद्र आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आदर्श मानेका बीपी कोईरालाको आलोचना गर्दै कांग्रेसले भारतीय सेना भित्र्याएर देशभक्त नेपालीहरुको टाउको काटेको आरोप लगाएका छन्।

शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बीपी गृहमन्त्री छँदा विद्यार्थी आन्दोलन दबाउन गोली हानेको बताए। उनले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप पनि लगाए। 

तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायत सहिदहरूको हत्या गरेको भन्दै उनले ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ । यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो’ भन्दै आलोचना गरे।

कांग्रेस, माओवादी लगायतका दलहरूको गठबन्धनलाई लक्षित गर्दै ओलीले कांग्रेसले जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने गरेको वताए । ‘कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । शत्रुसँग घाँटी जोड्ने । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने’ ओलीले भने–‘उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो।’

ओलीले तत्कालीन एमाले नेता माधव नेपालमाथि पार्टीलाई हार्ने बानी लगाएको समेत आरोप लगाए। ओलीले २०६४ सालको चुनावमा एमालेलाई ३३ सिटमा खुम्च्याएको अरोप नेपालमाथि लगाए। ‘एमाले भाले हो कि पोथी हो भन्ने मान्छेहरुले । न कांग्रेसको विरोध गरेको छ । जानुपर्ने रहेछ कांग्रेसमा कसरी विरोध गर्नु,’ उनले भने।
 

केपी शर्मा ओली

विशेष