News

भारतले पठायो पेट्रोलमा घटेको नयाँ मूल्य सूची

भारतले पठायो पेट्रोलमा घटेको नयाँ मूल्य सूची

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा घटेको नयाँ मूल्य सूची पठाएको छ। नेपाल आयल निगमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मुल्य प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको हो ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा घटेको नयाँ मूल्य सूची पठाएको छ। नेपाल आयल निगमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मुल्य प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको हो ।

निगमले आईओसीसँग तेल किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ । एलपी ग्याँस प्रति सिलिण्डर २७३.३८ रुपैयाँले महँगिएर आएको छ ।

यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जानकारी दिएको छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा पुगेको छ ।

मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, अन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा हुनेछ ।

चालू आर्थिक वर्ष २०७८÷७९ को हालसम्म निगमले करीब रू. ३२ अर्ब नोक्सानी व्यहोरी सकेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।


 

विशेष