News विदेश

रुसको इन्धन भण्डारण केन्द्रमा युक्रेनको हेलिकप्टर आक्रमण

रुसको इन्धन भण्डारण केन्द्रमा युक्रेनको हेलिकप्टर आक्रमण

युक्रेनी सेनाले रुसको बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा हेलिकप्टर आक्रमण गरेको छ। दुई वटा हेलिकप्टरबाट गरिएको आक्रमणमा इन्धन भण्डारण केन्द्रमा क्षती पुगेको छ।

बेलगोर्द क्षेत्रका गभर्नरले पनि युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताएका छन्। आक्रमणमा मानवीय क्षति भएको छैन। रुसले भने यस्ता आक्रमणले जारी शान्ति वार्तालाई प्रभावित बनाउने चेतावनी दिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणले वार्तालाई प्रभावित पु¥याउन सक्ने बताएका छन् । केही दिनयता रुस र युक्रेनबीचको द्वन्द्व केही कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण सुरु गरेको केही दिनमै कब्जा गरेको चेर्नोबिल परमाणु केन्द्रबाट पनि रुसी सेना पछि हटेको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुस र युक्रेनबीच केही दिनअघि टर्कीको इस्तानुबलमा भएको वार्ता सकारात्मक भएको बताइएको थियो । बार्तापछि केही स्थानबाट रुसी सेना पछि हट्ने सहमति भएको जनाईएको छ।
 

विशेष